logo
२०८१ बैशाख १५ शनिवार



कथाकृति ‘पल्टनेको फोटो’माथि छलफल

विदेश |
कला |


कथाकृति ‘पल्टनेको फोटो’माथि छलफल


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १३ गते । उपन्यासकार रक्ष राईको पछिल्लो कथाकृति ‘पल्टनेको फोटो’माथि छलफल गरिएको छ ।

नेपाली वाङ्मय परिषद् र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित छलफल कार्यक्रममा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले चिन्तन, मनन् र सिर्जनामा दिनरात तल्लिन सर्जकका रुपमा लेखक राईबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रा.डा. ज्ञानू पाण्डेले कथाकार राईमा जीवन र जगतका विविध पक्षलाई फरक शैलीमा प्रस्तुत गर्ने क्षमता रहेको बताउनुभयो । कथाकार मातृका पोखरेलले पल्टनेको फोटोभित्रका कथाको चर्चा गर्दै साहित्यमा मूलधार, मोफसल वा प्रवास भन्ने भ्रम रक्ष राईका कथाले तोडेको बताउनुभयो ।

कार्यक्रममा भोगीराज चाम्लिङ, बलराम अधिकारी, सुरेश हाचेकाली, हरि गौतम, टीका चाम्लिङ र कैलाश राईले कथाकार राईका कथाबारे चर्चा गर्नुभएको थियो । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष रहेका यसअघि ‘शहीदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ (कथासङ्ग्रह), ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ र ‘पोएट इन किलिङ जोन’ (अङ्ग्रेजी कवितासङ्ग्रह), ‘डायास्पोरा सिद्धान्त र समालोचना’ तथा ‘नवचेतनाग्रह’ (सिद्धान्तपरक कृति) प्रकाशित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?