logo
२०८१ बैशाख १४ शुक्रवार



पूर्वस्वीकृति लिएर मात्र गतिविधि गर्न दूतावासको आग्रह  

विदेश |


पूर्वस्वीकृति लिएर मात्र गतिविधि गर्न दूतावासको आग्रह  


       
काठमाडौँ, असोज २९ गते । कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँको स्थानीय कानून र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।    
    
 कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिइ नेपाली समुदायबाट भेला÷बैठक आयोजना गर्ने, चन्दा सङ्कलन गर्ने गरेको पाइएको भन्दै दूतावासले त्यस्तो आग्रह गरेको हो ।    
    
 नेपाली समुदायबाट कतारको प्रचलित कानूनविपरितका गतिविधि भइरहेको भन्दै स्थानीय प्रशासनले दूतावासको ध्यानाकर्षण गराएको थियो । दूतावासले स्थानीय सरकारका सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर राजनीतिक, सामाजिक र धार्मिक गतिविधि सञ्चालन गर्न नेपाली समुदायमा सूचित गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?