logo
२०८१ बैशाख १५ शनिवार



म्यान्मामा राष्ट्रिय दिवस   

विदेश |


म्यान्मामा राष्ट्रिय दिवस   


काठमाडौँ, असोज ५ गते ।  म्यान्माको याङ्गुनस्थित नेपाली दूतावासको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।    
 म्यान्माका सञ्चारमन्त्री पे मिन्ट उपस्थित कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरू, नेपालका लागि म्यान्माका पूर्वराजदूत, राष्ट्रसङ्घका प्रतिनिधि, म्यान्माका नेपालीभाषी र त्यहाँस्थित नेपालीहरु सहभागी थिए ।    
    
मन्त्री पे मिन्टले नेपालले अर्को वर्ष मनाउन लागेको नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन म्यान्माका तर्फबाट सक्दो पहल हुने बताउनुभयो । उहाँले म्यान्माका राष्ट्रपति मिन विन्ट र नेतृ आङसाङ सूचीले गत वर्ष गरेको नेपाल भ्रमणको सम्झना गर्नुभयो । राष्ट्रिय दिवसको शुभकामना दिँदै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल होस् भन्ने कामना गर्नुभयो ।    
    
कार्यक्रममा म्यान्माका लागि नेपाली राजदूत भीम उदासले ६० वर्ष अगाडिदेखि नेपाल र म्यान्माबीच भएको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा भएका द्विपक्षीय भ्रमणले थप मजबुत बनाएको बताउनुभयो ।    
 करीब चार सय ५० सहभागी भएको कार्यक्रममा तेरिया मगरले नेपाली गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको अवसर पारेर ‘भिजिट नेपाल २०२०’ को प्रवद्र्धन पनि गरिएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?