logo
२०८१ बैशाख १४ शुक्रवार



सुरक्षामा खटिएका प्रहरीमाथि कुटपिट

प्रदेश |


सुरक्षामा खटिएका प्रहरीमाथि कुटपिट


दैलेख समाचारदाता
दैलेख, कात्तिक ४ गते । सुरक्षामा खटिएका प्रहरीमाथि दैलेखमा कुटपिट भएको छ । दैलेखमा संचालनमा रहेको सांस्कृतिक तथा घरेलु व्यापार महोत्सवको सुरक्षामा खटिएका प्रहरीमाथि युवाहरुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

महोत्सव नजिक युवाहरुले हुलदङ्गा गरेपछि प्रहरी सुरक्षामा खटिएको थियो । प्रहरीले हुलदङ्गा नियन्त्रणमा जाँदा त्यहाँका युवाहरुले प्रहरीमाथि नै कुटपिट गर्दा आठजना प्रहरी घाइते भएको जिल्ला प्रहरी प्रमुख हरिबहादुर ओलीले बताउनुभयो ।

प्रहरीले नियन्त्रण लिन खोज्दा हतियार खोस्ने प्रयास गरेको र हतियार खोसिनेबाट बचेको उहाँले बताउनुभयो । प्रहरीलाई कुटपिट गर्ने चारजनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख ओलीले बताउनुभयो ।

घटनामा संलग्न भएका नारायण नगरपालिका वडा नं २ का डेनिम थापा, वडा नं ७ का नरेन्द्र प्याकुरेल र सुरेन्द्र तामाङलाई पक्राउ गरिसकिएको र अन्यहरुको खोजी कार्य भएको प्रहरीले जनाएको छ ।

महोत्सव स्थलमा सुरक्षा गर्न खटिएको प्रहरीमाथि नै कुटपिट गर्नेहरुको खोजी गर्न टोली समेत परिचालन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?