logo
२०८१ बैशाख १५ शनिवार



करेन्ट लागेर एकको मृत्यु   

प्रदेश |


करेन्ट लागेर एकको मृत्यु   


परासी, असोज २१ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

उक्त गाउँपालिका–३ का ४० वर्षीय बुधई खवासको गए राति करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    
    
स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई सोमबार साँझ करेन्ट लागेको थियो ।

उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?