logo
२०८१ बैशाख १४ शुक्रवार



दीपावलीको स्विच थिच्दा एककाे मृत्यु, आगलागीबाट क्षति

प्रदेश |


दीपावलीको स्विच थिच्दा एककाे मृत्यु, आगलागीबाट क्षति


कृष्ण तिवारी
रौतहट, कार्तिक ११ गते । दीपावलीको दियोबाट सल्किएर गएराति रौतहटको छुटटछुटै छ स्थानमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।
दियोबाट सल्किएर गुजरा नगरपालिका ९ सिम्राभवानीपुरका छठु ठाकुरको दुईतले काठको घरमा भएको आगलागीमा परी घरमा रहेको अन्नपात लताकपडा गरी दुईलाख रुपियाँ बराबरको क्षति भएको प्रहरी निरिक्षक पप्पु नायकले बताउनुभयो । बौधीमाई नपा ६ का बिन्दाराय यादवको घरमा आगलागी बाट दुईलाख, वडा ४ का लखिन्दर यादवको गोठमा भएको आगलागी बाट ४० हजार रुपियाँ बराबरको क्षति भएको हो ।

त्यसैगरी, मौलापुर नपा १ का वसन्त बैठाको खपडाको छाना भएको घरमा आगलागी हुँदा एकलाख ४०हजार रुपियाँ, वडा ६ का हरेन्द्र महराको गोठमा आलगागी बाट ५० हजार रुपियाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उता दुर्गाभगवती गापा ५ का लखिचन्द साहको घरमा लक्ष्मीपूजाको लागि दियो बालेर काठको बाक्सा पेठीमाथि राख्दा आगलागी भई पेटी बाक्सामा रहेको ५० हजार नगद तथा ४० हजार रुपियाँ बराबरको साडीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

दीपावलीको बत्ति बाल्न भनी विद्युत स्विच जोडिरहेका कटहरिया नपा १ का छठु महराको १८ वर्षिय छोरा हरिकिशोर महराको करेन्ट लागेर ज्यान गएको छ । चन्द्रपुर ६ स्थित आफन्तको घरमा बिधुतको स्विच जोडनेक्रममा आईतबार हरिकिशोर महरालाई करेन्ट लागेको थियो ।

तत्कालै उपचारको लागि लिएर जाँदा चन्द्रपुर अस्पतालका डाक्टरले महरालाई मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरीन्याव उपरीक्षक कबित कटुवालले जानकारी दिनुभयो ।

दीपावलीको एकसाता अघिदेखी नै प्रहरीले सचेत भएर पर्व मनाउन तथा दियो बाल्न गर्दैआएको सचेतनाको बावजुद लापरवाहीको कारण यत्रो घटना हुन गएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भुपेन्द्र खत्रीले दुःख व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?