logo
२०८१ बैशाख १४ शुक्रवार



खोलामा नुहाउने क्रममा चिप्लिएर मृत्यु

प्रदेश |


खोलामा नुहाउने क्रममा चिप्लिएर मृत्यु


हुम्ला समाचारदाता
सिमकोट असोज १ गते । खोलामा नुहाउने क्रममा एकजना युवकको चिप्लिएर मृत्यु भएको छ ।

ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडा गाउँका २४ वर्षीय टेक बहादुर खड्का नुहाएर फर्कने क्रममा ढुङ्गाबाट चिप्लिएर खोलामा खस्दा डुबेर मृत्यु भएको हो ।

घट्ट पिस्न गएको बेला दिउँसो सियाली खोलामा नुहाएर खोलाबाट फर्कने क्रममा खड्काको मृत्यु भएको आफन्त धमैराज जैशीले बताउनुभयो ।

मंगलबार १२ बजे खोला डुबेर बेपत्ता भएका मृतक खड्काको लाश खोलामा डुबेको अवस्थामा विहान ११ बजे भेटिएको हो ।

मृतक खड्काको खोजीमा आफन्त, प्रहरी, गाउँपालिका र स्थानीय परिचालित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?