logo
२०८१ बैशाख १५ शनिवार



कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन फिफाले च्यारिटी खेल आयोजना गर्ने

खेलकुद |


कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन फिफाले च्यारिटी खेल आयोजना गर्ने


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ५ गते । विश्व फुटबलको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघले ‘च्यारिटी’ फुटबल खेल आयोजना गर्ने निर्णय गरेको छ । कोरोना भाइरसविरुद्धको लडाइँका लागि सहयोग जुटाउन फिफाले च्यारिटी फुटबल खेल आयोजना गर्न लागेको हो ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वव्यापी स्वास्थ्य अवस्थाले अनुमति दिनेबित्तिकै खेल आयोजना हुने बताउनुभएको छ । फिफा फाउन्डेशनले उक्त खेलको समय, स्थान, सहभागी र स्वरुपसहितको विस्तृत विवरण तय गर्नेछ । फाउन्डेसनका प्रमुख कार्यकारीसमेत रहनुभएका फ्रान्सका पूर्व मिडफिल्डर उक्त आयोजनाको अनेकौँ प्रस्तावमाथि छलफल भइरहेको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय सङ्गठन र सम्बन्धित देशका सरकारसँग निर्देशिका, स्वास्थ्य मापदण्डलगायतका विभिन्न पक्षमाथि छलफल भइरहेको उहाँले प्रष्ट्याउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको पहलमा ‘कोभिड–१९ विरुद्धको उपचार, खोप र निदान कार्य सबैका लागि’ लक्ष्यसहित च्यारिटी खेल आयोजना गर्न लागिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?