logo
२०८१ बैशाख १५ शनिवार



जर्मनीको शीर्ष फुटबल लिग बुन्डेसलिगा सुरु हुँदै

खेलकुद |


जर्मनीको शीर्ष फुटबल लिग बुन्डेसलिगा सुरु हुँदै


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३ गते । जर्मनीको शीर्ष फुटबल लिग, द बुन्डेसलिगा बन्द रङ्शालाभित्र यसैसातादेखि सुरु हुने भएको छ । कोरोनाभाइरसको सङ्क्रमणको जोखिमपछि मार्च १३ मा लिगका खेलहरु स्थगित भएको थियो ।
बुन्डेसलिगा सुरु भएसँगै दुई महिनासम्म ठप्प बनेको खेलकुद गतिविधि सञ्चालन हुने यूरोपको पहिलो लिग हुनेछ । लिग अन्तगर्त शनिबार छ खेल हुनेछन् । रङ्शालामा दर्शकको प्रवेश रोक्न प्रहरी परिचालन गरिनेछ । कठोर स्वास्थ्य मापदण्ड अपनाउँदै सुरु हुने खेलमा रङ्शालाभित्र म्याच अधिकारी, खेलाडीसँगै तीन सय जना रहनेछन् ।
खेलाडीको स्वास्थ्य परीक्षण गरिएको छ । खेलपछि सामाजिक दूरी अपनाउने विधि पालना गर्नुपर्नेछ । लिग सुरु हुनुअघि खेलाडीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?