logo
२०८१ जेष्ठ ५ शनिवार



थ्रीस्टारलाई हराउँदै पुलिस आहा रारा कपको फाइनलमा

खेलकुद |


थ्रीस्टारलाई हराउँदै पुलिस आहा रारा कपको फाइनलमा


एकराज गिरी
पोखरा, फागुन २८ गते । नेपाल पुलिस क्लब १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको लागि स्थान सुनिश्चित गरेको छ । पोखरा रगंशालाको फुटबल मैदानमा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेला साताँै पटक उपाधि उचाल्ने होडमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ३–० को फराकिलो जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । पुलिसलाई आहा राराको उपाधि होडमा पुयाउन निरकुमार राईले दुई र कप्तान भरत शाहले एक गोल गर्नुभयो । थ्रीस्टारले पाहुना टोली गान्तोक सिटी क्लबलाई र पुलिसले आयोजक सहारा क्लबलाई पन्टाउदै सेमीफाइनल खेलेका हुन् ।

आहा रारामा सर्वाधिक सफल पुलिसले क्याराभान गोल्डकप सहित छ पटक उपाधि उचालेको छ भने थ्री स्टारले ५ पटक उपाधि जितेको छ । नेपाल पुलिसले पहिलो, छैटौ, सातौ, आठौ सोहौ पटक उपाधि जितेको छ । पुलिस र थ्री स्टारवीच आहा रारामा यो छैटौ भेट हो । तेश्रोमा नेपाल पुलिसले सेमिफाइलनमै २–१, छैटौमा पुलिसले थ्री स्टारलाई १–०, सातौमा क्वाटरफाइलनमा नेपाल पुलिसले थ्री स्टारलाई २–० ले जितेको थियो भने नवौमा सेमिफाइलनमा थ्री स्टारले पुलिसलाई १–०, १३ औमा थ्री स्टारले पुलिसलाई सेमीफाइनल मा १–० पराजित गर्दा १६ औ संस्करणको फाइलनमा नेपाल पुलिसले थ्री स्टारमाथि १–० को जित निकाल्दै उपाधि उचालेको थियो । थ्री स्टारले पाँचौ, नवौ, एघारौ, तेहौ, सत्रऔ संस्करणको उपाधि जितेको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टारले पुलिसमाथि १–० को जित निकालेको थियो । आहा रारामा एक पटक बाहेक सवै संस्करणमा सहभागी पुलिस दशौं पटक फाइनल सम्म पुगेको हो ।
यता थ्री स्टारको आहामा १२ औ सहभागीता हो । थ्री स्टार विरुद्ध पुलिसले खेलका १५ औ मिनेटमा गोलको खाता खोल्यो । मैदानको दायाँ साइडबाट रवि पासवानले मिलाई दिएको पासमा कप्तान साहले वान टच प्रहार गर्दै जाली चुमाउनुभयो । पहिलो हाफ एक सुन्यले टुङग्याएको पुलिसले दुई गोल दोश्रो हाफमा सम्भव ग¥यो । दोश्रो हाफको छैटौं मिनेटमा पुलिसले अग्रता दोब्ब बनायो ।
कर्नर लाइनबाट प्रहार गरेको बल बिपक्षी गोलकिपरले पञ्च गरेर रोक्ने प्रयास गर्दा मैदानको दाया साइडबाट दुई खेलाडीलाई छक्याउँदै बल अगाडि बढाउनु भएका निरकुमार राईले पोष्टको दिशा दिनुभयो । मैदानको करीब मध्य भागबाट एक्लै छक्याउँदै तेज तामाङले पेनाल्टी एरियामा मिलाई दिएको पासमा पुलिसका लािग तेश्रो गोल म्यान अफदि म्याच निरकुमार राईले ७१ औं मिनेटमा सम्भव बनाउदाँ डिफेन्डिङ च्याम्पियन थ्री स्टारको आहा राराको यात्रा समाप्त भयो ।

थ्री स्टार पुलिससंग निरिह बन्यो । शारीरिक, प्राविधिक रुपमा थ्रीस्टारलाई कमजोर देखियो । पुलिसले १२ औं मिनेटमा अग्रता दोब्बर पार्ने मौका गुमायो । हेम तामाङले डि–एरिया नजिकैबाट प्रहार गरेको कडा प्रहारमा बिपक्षी गोलकिपरले विफल बनाउनुभयो । दोश्रो हाफको ईञ्जुरी समयको अन्तिम मिनेटमा पनि अञ्जन राई गोल गर्न असमर्थ हुनुभयो ।
थ्रीस्टारले पनि आधा दर्जन बढी गोलका अवसर सृजना गरेपनि असफल भयो । थ्रीस्टारले २० औं मिनेटमा बराबरी गर्ने अवसर गुमायो । सुशील राईको पासमा आशिष राईले पेनाल्टी एरिया नजिकबाट गरेको कडा प्रहार बिपक्षी डिफेन्डर सन्तोष हेमरुङले बचाउ गर्नुभयो । मिक्चेन तामाङको कर्नरमा सुसन श्रेष्ठले हानेको हेडरलाई ३४ औं मिनेटमा अनन्त तामाङको बललाई बिपक्षी गोलकिपरले बचाउ गर्नुभयो । पुलिसका प्रशिक्षक अन्तराज थापाले थ्री स्टारमा विदेशी खेलाडी नहुदाँ पुलिसलाई सहज बताएको बताउनुभयो । उहाँले पुलिसको जुनियर टिम भएको बताउदै भन्नुभयो, हामी फाइटिङ टिम हो प्लान गरेर खेल्छौ । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले पुलिसको जुनिय टिम भएपनि राम्रो खेलेको बताउदै आफना टिमले पाएका अवसरलाई सदुपयोग गर्न नसकेको बताउनुभयो । उहाँले जुनियर खेलाडीले राम्रै खेलेको बताउदै हारबाट चित्त दुखाई नभएको बताउनभुयो । प्रतियोगिता अन्र्तगत बिहीबार दोस्रो सेमीफाइनल मा त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिष्पर्धा हुने छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?