logo
२०८१ जेष्ठ ४ शुक्रवार



एभरेष्ट प्रिमियर लिग स्थगित

खेलकुद |


एभरेष्ट प्रिमियर लिग स्थगित


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । एभरेष्ट प्रिमियर लिग(इपीएल)को चौथो संस्करण स्थगित गरिएको छ । प्रिमियर लिग आगामी चैत्त १ बटे सुरु हुने निर्धारण गरिएको थियो । जसमा विश्व क्रिकेटका चर्चित खेलाडी क्रिस गेल, कोरी एन्डरसन, ड्वायन स्मिथ र उपुल थरङ्गाले खेल्ने तय गरिएको थियो ।
एभरेष्ट प्रिमियर लिग–इपीएलले एक प्रेस वक्तब्य जारी गरी गृहमन्त्रालय लगायतका सम्बन्धित निकायसँगको परामर्शपछि कोरोना संक्रमणको जोखिममले तात्काललाई लिग स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । इपीएलका संस्थापक एवम् प्रबन्ध निर्देशक आमिर अख्तरले लिग स्थगित गर्नुपर्ने घोषणा गर्दा अत्यन्तै दुख लागेको बताउनुभयो । सबै विषयलाई गौण राख्दै नेपाली जनता र विदेशी खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै स्थगित गर्ने निर्णय गरिएको उहाँले उल्लेख गर्नुभएको छ ।
लिगका महत्वपूर्ण साझेदार गृह मन्त्रालय, फ्रेञ्चाइज क्लब, नेपाल क्रिकेट संघ र प्रायोजकसँगको छलफलपछि समय रहँदै निर्णय गरिएको संस्थापक अख्तरले बताउनुभयो । अख्तरले प्रिमियर लिगको स्थगित गरिएको संस्करण अहिलेसम्मकै सबैभन्दा भब्य र सफल संस्करण हुने दाबी गरिए बमोजिम पुर्नतालिका गरिदा पनि उक्त स्वाद रहीरहने बताउनुभएको छ । पुर्नतालिकापछि गरिने आयोजन नेपालले कहिले नदेखेको गरी बनाइने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
प्रिमियर लिगले आफ्ना प्रशंसक, खेलाडी तथा प्रायोजकलाई धन्यवाद दिएको छ । नेपाल क्रिकेट संघको सिफारिशमा एभरेष्ट प्रिमियर लिग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल–आईसीसीले मान्यता दिएको लिग हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?