logo
२०८१ जेष्ठ ५ शनिवार



क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएकाकाे पीसीआर रिपोर्ट नेगेटिभ

प्रदेश |


क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएकाकाे पीसीआर रिपोर्ट नेगेटिभ


धम्बोझी, असार ६ गते ।  बर्दियाको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका –३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
दुई साताअघि काठमाडौंँबाट आई १४ दिन क्वारेन्टाइन बसेपछि आरडीटी रिपोर्ट नेगेटिभ आएर घर फर्किएका थारुको बिहीबार राति अचानक स्वास्थ्यावस्थामा समस्या देखिएपछि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?