logo
२०८१ बैशाख २३ आईतवार



फरार हत्या आरोपी पक्राउ

प्रदेश |


फरार हत्या आरोपी पक्राउ


महोत्तरी, जेठ १ गते ।  आफ्नै छिमेकीको हत्या गरेर फरार भएका आरोपी महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन् । गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी साहलाई घटनाको तीन दिनपछि बुधबार प्रहरीले पक्राउ गरेको हो ।

दुवै जना सँगसँगै हिँड्ने र सँगै रक्सी खाने गरेका ठाकुर साह गत आइतबार ९वैशाख–२८ गते० दिउँसभरिसँगै रक्सी खाएर मातेपछि भनाभन गर्दै मकैबारीमा पसेका थिए । त्यहीँ नै भनाभन बढ्दै जाँदा हातमा बोकेको बाँसको लठ्ठीले ठाकुरलाई साहले हान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार भएका साहलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीसहितको टोलीले घटनाको तीन दिनपछि लुकिरहेको ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका साहले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । साहलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइ म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । कुनै नियोजित षड्यन्त्रबेगर नै रक्सी खाएर मातेपछि घटना भएको अहिलेसम्मको अनुसन्धानले खुलेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?