logo
२०८१ बैशाख २२ शनिवार



गण्डकी प्रदेश भित्रिने सवारी साधनलाई सेनीटाइज गरिने

प्रदेश |


गण्डकी प्रदेश भित्रिने सवारी साधनलाई सेनीटाइज गरिने


प्रकाशचन्द्र भट्टराई

दमौली, वैशाख १२ गते । गण्डकी प्रदेशको मुख्यद्वार तनहुँको आवुँखैरेनी गाउँपालिकाको मुग्लिङबाट गण्डकी प्रदेशका जिल्लाहरुमा प्रवेश गर्ने सम्पुर्ण सवारी साधानहरु निसंक्रमण गरेर मात्र प्रवेश गर्ने व्यवस्था मिलाईएको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि उच्च सतर्कता अपनाउने क्रममा सवारी साधन र त्यसमा सवार यात्रुलाई स्यानेटाइज गरेर मात्र प्रवेश गर्न दिईने भएको छ ।

पृथ्वीराजमार्ग भएर गण्डकी प्रदेश प्रवेश गर्ने मुख्य नाका आँवुखैरेनी गाउँपालिका–४ को मुग्लिङबाट गण्डकी प्रदेश भित्रिने सम्पुर्ण सवारी साधन तथा यात्रुलाई निसंक्रमण रसायन (स्यानिटाइजर) छर्किएर प्रवेश गर्न थालिए आवुँखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो ।

कोरोना फैलन नदिन थप सतर्कता अपनाउदै जिल्ला प्रवेश सबै सवारी साधनमा निसंक्रमण रसायन छर्किने व्यवस्था मिलाइएको अध्यक्ष थापाले बताउनु भयो । तनहँु जिल्ला र सम्पुर्ण गण्डकी प्रदेशलाई नै कोरोना भाइरसबाट मुक्त राख्ने उद्देश्यले प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायको समन्वयमा यो कार्य सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताउनुभयो ।
आँबुखैरेनीको मुग्लिङ प्रदेशकै मुख्य नाका भएको कारण यस नाकामा अलि बढि सचेतना अपनाउनु पर्ने अवस्था भएको भन्दै अध्यक्ष थापाले यस कार्यमा अन्य स्थानीय तह र जिल्ला प्रशासनले पनि आवश्यक सहयोग गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?