logo
२०८१ जेष्ठ ५ शनिवार



बन्चरो प्रहार गरी छोराको हत्या

खुला |


बन्चरो प्रहार गरी छोराको हत्या


बुटवल समाचारदाता

बुटवल,जेष्ठ २८ गते । पाँच जनाको सामूहिक हत्या भएको भोलिपल्ट रुपन्देहीमै अर्को बीभत्स हत्या भएको छ । रुपन्देहीको कञ्चन गाँउपालिका-१, कुचेरामा आफ्नै बुबाले बन्चरो प्रहार गरी छोराको हत्या गरेका छन् ।
गएको राती १ं.०० बजेतिर छतमा सुतिरहेका १६ वर्षीय छोरो सुदीप कुमाललाई बुबा रिमबहादुरले बन्चरोले मुखमा हानेका थिए ।
गम्भीर घाइते सुदिपको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराउने क्रममा आज बिहानै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । रिमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?