logo
२०८१ बैशाख १४ शुक्रवार



सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु

खुला |


सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु



प्रकाशविक्रम शाह
धनगढी, चैत २० गते । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बिहीबार साँझदेखि कोरोना भाइरल (कोभिड १९) को स्वाब नमूना परीक्षण शुरु भएको छ ।

संक्रमणको आशंका गरिएका एक विमारीको नमूना आज परीक्षण गरिने भएको अस्पतालले जनाएको छ । नेपाल सरकारले मंगलबार पठाएको ‘रियल टाइम पीसीआर’ उपकरणबाट नमूना परीक्षण गर्न थालिएको हो ।

संघीय मन्त्रालयबाट खटिएका मोलेकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखक र सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही सहितको टोलीले सो परीक्षणमा संलग्न हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?