logo
२०८१ बैशाख १५ शनिवार



दैनिक मजदुरी गर्ने जिविकोपार्जन गर्ने व्यक्तिलाई खाद्यान वितरण

खुला |
समाज |


दैनिक मजदुरी गर्ने जिविकोपार्जन गर्ने व्यक्तिलाई खाद्यान वितरण
शारदा नगरपालिकाल सल्यानले वन्दा वन्दीको समयमा दैनिक ज्यालादारी गरी जिविको पार्जन गर्न समस्या भएका परिवारलाई राहत वितरण गरेको छ ।


प्रतीक इच्छुक शर्मा
सल्यान चैत २० गते । सल्यानको शारदा नगरपालिकाले दैनिक मजदुरी गर्ने जिविकोपार्जन गर्ने व्यक्तिलाई खाद्यान वितरण गरेको छ ।
दैनिक ज्यालादारी गर्ने र निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरी खाद्यान्न वितरण शुरु गरिएको छ । नगरपालिकाले एकसय १० जनालाई खाद्यान्न राहत उपलब्ध गराएको जनाएको छ ।

शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरेकोे नगरप्रमुख सुरेश अधिकारीले बताउनुभयो । उहाँका अनुसार खाद्यान्नमा दाल, चामल, नुन, तेल र सरसफाईको लागि साबुन वितरण गरिएको हो । वितरण गरिएको खाद्यान्न १५ दिनलाई पुग्ने गरी उपलब्ध गरिएको छ ।

शारदा नगरपालिका भित्रका १५ वटै वडामा विपन्न र दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने परिवारको तथ्यांक संकलन गरिएको छ । अहिले सम्म ४ वडा नम्वर २० जना , वडा नम्वर १ मा १९ जना २ मा ७१ जनालाई वितरण गरिएको छ । नगरपालिकाका अनुसार अन्य वडाको विपन्न र दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्ने ब्यक्तिहरुको लगत संकलन भैरहेको र संख्या एकिन हुन वित्तिकै राहत वितरण गरिनेछ ।
यहाँका स्थानीय तहले विपद राहत कोष मार्फत विपन्न परिवारलाई वन्दा वन्दीको समयमा खाद्यान्न अभाव हुन नदिन सहयोग गर्ने गरी तथ्याक संकलन गरीरहेको जनाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?