logo
२०८१ जेष्ठ ५ शनिवार



दुर्घटनामा चालकको र डुबेर बालिकाको मृत्यु

खुला |


दुर्घटनामा चालकको र डुबेर बालिकाको मृत्यु


धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन २८ गते । सप्तरीमा छुट्टाछुट्टै दुर्घटना परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको सप्तकोसी नगरपालिका फतेपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । । बा ४१ प ६८६३ नम्बरको मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका हुन ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका ६ बस्ने २६ वर्षीय चन्द्रमान श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको विराटनगरस्थित अस्पतालमा उपचारको लागि लगिँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । मृतक बा ४१ प ६८६३ नम्बरका मोटरसाइकल चालक रहेको बताइएको छ ।

सोही दुर्घटनामा परी प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल सवार सप्तकोसी नगरपालिका १ बस्ने २८ वर्षीय अशोक साह र २३ वर्षीय सनी साह घाइते भएको उहाँले जानकारी दिनुभयो । खुट्टामा गम्भीर चोट लागेर घाइते उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय फत्तेपुरले नियन्त्रणमा राखिएको छ । होलीमा नशालु पदार्थ खाएर अनियन्त्रित भएर उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

त्यसैगरी जिल्लाको बोदेबरसाइन नगरपालिका ८ स्थित पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अविनासकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै खेल्दै गर्दा पोखरीमा लडेर डुबेको बताइएको छ । मंगलबार साँझ भएको दुबै घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?