logo
२०८१ जेष्ठ ५ शनिवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा पहिलो राष्ट्रिय गजल महोत्सव कहिले आयोजना गरियो ?
 विक्रम संवत् २०७६ माघ १५–१६ ।
(पहिलोपटक आयोजित राष्ट्रियस्तरको गजल महोत्सवले पाँचबुँदे घोषणापत्र जारी गरेको ।)

२. सहिद दिवस कहिले मनाउने गरिन्छ ?
 माघ १६ ।
 प्रजातन्त्र बहालीका लागि प्राणको आहुति दिने सहिदहरूको त्यागको संस्मरण एवम् सम्मान गर्दै हरेक वर्ष माघ १६ गतेका दिन सहिद दिवस मनाउने गरिएको ।
– विसं २०१२ देखि दिवस मनाउन थालिएको ।

३. नेपालका कुन सहिदलाई ‘सहिद माइला’ उपनामले चिनिन्छ ?
 दशरथ चन्द ।

४. राष्ट्रिय सहिद स्मारकको निर्माण कहाँ गरिएको छ ?
 गोकर्णेश्वर (काठमाडौँ) ।
(नेपाल सरकारद्वारा विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार सो स्मारक निर्माण गरिएको ।)

५. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना कहिले सार्वजनिक गरियो ?
 सन् २०२० जनवरी २८ ।
– ट्रम्पद्वारा सो योजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको उपस्थितिमा ह्वाइटहाउसमा सार्वजनिक गरिएको ।
– नेतन्याहुको यहुदी बस्ती विस्तार र जेरुसेलमलाई अविभाजित राजधानी बनाउने कडा नीतिको पक्षमा शान्ति योजना आएपछि यसले प्यालेस्टिनीको आफ्नो स्वतन्त्र राज्यनिर्माणको आशालाई असम्भव हुने अवस्था देखिएको ।
– अमेरिकी योजनालाई प्यालिस्टिनी प्रधानमन्त्री महमुद अब्बासले प्यालिस्टिनी समुदायविरुद्धको ‘षडयन्त्र’ भएको जनाएको ।

६. प्रजातान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रजहरूको सम्मानमा प्रजातान्त्रिक पार्कको निर्माण कहाँ गरिएको छ ?
 हेटौँडा ।
– हेटाँैडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा सो पार्क निर्माण गरिएको ।
– पार्कको उद्घाटन विसं २०७६ माघ १४ मा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको ।

७. अन्टार्कटिकास्थित आइससिट (बरफको पत्र) मुनि पौडी खेल्ने विश्वकै पहिलो एथ्लिट को हुन् ?
 बेलायतका लेविस प्युग ।
– ५० वर्षीय लेविसले १० मिनेटसम्म सुप्राहिम खण्डतालको पानीमा सेफगार्डको उपस्थितिमा पौडी खेलेका ।
– जलवायु परिवर्तनतर्फ मानिसको स्थान आकर्षित गर्नका लागि आफूले सो कार्य गरेको जनाएका ।

८. युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमन कहिले भयो ?
 सन् २०२० जनवरी ३१ ।
– बेलायतको बहिर्गमनसँगै ईयू अब २७ सदस्यीय बनेको ।
– ईयूको आबद्धताका सम्बन्धमा निकै अघिदेखि चल्दै आएको विवाद टुङ्ग्याउन सन् २०१६ जुन २३ मा भएको जनमतसङ्ग्रहको परिणामस्वरूप बेलायत ईयूबाट बाहिरिएको ।

९. रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो ?
 कोसी टप्पु (सन् १९८७) ।
– अन्तर्राष्ट्रिय महŒव बोकेको सिमसार क्षेत्रलाई संरक्षण गर्न रामसार सहरमा भएको महासन्धिलाई रामसार महासन्धिको नाम दिइएको ।
– सन् १९७१ मा महासन्धि भएको ।
– कोसी टप्पुलाई रामसारमा सूचीकृत गरेसँगै नेपाल सो महासन्धिको पक्षराष्ट्र बनेको ।
– सन् २०१६ मा पोखरा उपत्यकाका विभिन्न ताललाई रामसार सूचीमा सूचीकृत गरिएसँगै नेपालका १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृृत भएका ।

१०. प्रसिद्ध खेलाडी कोबी ब्रायन्ट कुन खेलसँग सम्बन्धित छन् ?
 बास्केटबल ।
– ब्रायन्टको छवि बास्केटबलका जादुगर खेलाडीका रूपमा रहेको ।
– ४१ वर्षीय ब्रायन्टको सन् २०२० जनवरीमा हेलिकोप्टर दुर्घटनामा निधन भएको ।

११. नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको ‘नेपालीपोर्ट’ को शुभारम्भ कहिले गरिएको हो ?
 विसं २०७६ माघ १३ ।
(त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयमा जडान गरिएको बायोमेट्रिक्स ‘नेपालीपोर्ट’ सूचना तथा सुरक्षा प्रणाली
(सफ्टवेयर) बाट भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा प्रदान गर्न सकिने विश्वास गरिएको ।)

१२. ग्रामी अवार्ड २०२० मा चार अवार्ड जित्दै नयाँ इतिहास रच्ने गायिका को हुन् ?
 बिली आइलिस ।
– सन् २०२० जनवरी २६ मा अमेरिकाको लस एन्जलसमा आयोजित ६२औँ अवार्ड समारोहमा उत्कृष्ट नवकलाकार, उत्कृष्ट रेकर्ड, उत्कृष्ट एल्कम र पप भोकल एल्बमसहित चार ग्रामी अवार्ड पाएको । आइलिस एकैपटक चार अवार्ड हात पार्ने पहिलो युवती तथा समग्रमा दोस्रो कलाकार बनेकी । यसअघि सन् १९८१ मा क्रिस्टोफर क्रसले यी विधाका अवार्ड हात पारेका ।
– समारोहमा अमेरिकी पूर्वप्रथम महिला मिसेल ओकामाको गीत बी कमिङले अडियो बुक विधामा अवार्ड चुमेको । त्यस्तै लेडी गागाको आई विल नेभर लभ अगेनले बेस्ट सङ फर भिजुअल मिडियाको अवार्ड, ट्रेडिसनल पप भोकल एल्कमको अवार्ड लुक नाउले, कन्ट्री सोलो पर्फर्मेन्स राइडको अवार्ड किली नेसनको मी व्याक होमले र ¥याप एल्कम अवार्ड टाइलरले जितेका ।

१३. नेपालको प्रतिनिधिसभा कति सदस्यीय हुने प्रावधान छ ?
 २७५ ।
– प्रतिनिधिसभामा देहायबमोजिम २७५ सदस्यहरू रहने व्यवस्था छ ः
– नेपाललाई जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा १६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एकजना सदस्य रहने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित १६५ सदस्य ।
– सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० सदस्य ।

१४. प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी प्युठानमा पर्दछ भने कागबेनी कहाँ पर्दछ ?
 मुस्ताङ ।

१५. पर्वतको कुश्मादेखि बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्मित एसियाकै पहिलो तथा विश्वकै दोस्रो अग्लो बन्जी जम्पको उद्घाटन कहिले गरिएको हो ?
 विसं २०७६ माघ १६ ।
(कालीगण्डकी नदीमाथि निर्मित पुलमा बनाइएको सो बन्जी जम्प २२८ मिटर उचाइको रहेको ।)

१६. पञ्च महाभूत भन्नाले के–केलाई बुझाउँछ ?
 पृथ्वी, जल, तेज, वायु र आकाश ।

१७. नेपालमा पहिलोपटक वेदर राडार कहाँ स्थापना गरिएको हो ?
 सुर्खेत ।
– तात्कालिक मौसमी सूचना जनाउने सो राडारले दुई सय किलोमिटर वरिपरिको मौसमी तथ्याङ्क अद्यावधिक गर्ने जनाइएको । वेदर राडार केन्द्रले बादल, बादलको प्रकार, बादलमा रहेको पानीको मात्रा, चट्याङ पार्न सक्ने बादलको प्रकृति, हिमपात, असिनाको पूर्वानुमान गर्दै वर्षा र अन्य मौसमी विवरण उपलब्ध गराउने ।
– विश्व बैङ्कको करिब ३० करोड रुपियाँको आर्थिक सहयोगमा स्थापना भएको सो केन्द्रले विसं २०७५ पुसदेखि परीक्षण सुरु गरेको ।

१८. नेपाल सरकारले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
 विसं २०७५ पुस २९ ।

१९. नौमती बाजाअन्तर्गत कुन–कुन बाजा पर्दछन् ?
– दुई सनाही, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलकी, कर्नाल र नरसिंहा
(यो नेपालको परम्परागत रूपमा चल्दै आएको लोकप्रिय बाजा हो । विवाह, व्रतबन्ध साथै शुभदिनको आगमन तथा विजयको सङ्केतका रूपमा बजाइन्छ ।)

२०. विश्व सिमसार दिवस कहिले मनाउने गरिन्छ?
 फेब्रुअरी २ ।
(यस वर्षको नारा ‘जलवायु परिवर्तन र सिमसार क्षेत्र’ रहेको ।)

 

२१. काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ?
 विसं १९५१ (वीरशमशेको पालामा) ।

२२. तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?
 पाँचवर्षे (विसं २०७५ चैत ) ।
(रणनीतिले सङ्घीय संरचनाअनुसार केन्द्रदेखि स्थानीय तहसम्मका तथ्याङ्कीय इकाइ र गर्नुपर्ने काम निश्चित गर्नेछ । रणनीति कार्यान्वयन अवधिमा केन्द्रीय तथ्याङ्क विभागलाई स्तरोन्नति गरी राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिणत गरिनेछ ।)

२३. नेपाल लेबर फोर्स सर्वे २०१७÷१८ का अनुसार नेपालमा कति बाल श्रमिक रहेका छन् ?
 दुई लाख ८६ हजार ।
(सर्वे अनुसार नेपालमा पाँचदेखि नौ वर्ष उमेर समूहका चार हजार, १०–१३ वर्षका ५३ हजार, १४–१७ वर्षका २ लाख २९ हजार गरी कुल दुई लाख ८६ हजार बालश्रमिक रहेका ।)

२४. नेपाल र कम्बोडियाबीच व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा कहिले हस्ताक्षर भएको हो ?
 विसं २०७६ वैशाख ३० (सन् २०१९ मे १३) ।

२५. स्वदेशी तथा विदेशी लगानीका उद्योगको अनुमति, दर्ता सञ्चालनदेखि सरोकारका सबै कार्य एउटै स्थानबाट उपलब्ध गराउने गरी उद्योग विभागअन्तर्गत एकल बिन्दु सेवा केन्द्र कहिलेदेखि सञ्चालनमा आयो ?
 विसं २०७६ जेठ १ गते ।
– राजधानीको त्रिपुरेश्वरस्थित उद्योग विभाग परिसरमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको ।
– सेवा सुरु भएपछि उद्योग सञ्चालनका लागि आवश्यक परामर्शदेखि दर्तालगायतका सबै सेवा एकै स्थलबाट उपलब्ध हुने ।
– एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा आएपश्चात् नेपालमा उद्योग सञ्चालन गर्न चाहने उद्यमीले आवश्यक प्रक्रिया पु¥याउन करिब तीन दर्जन निकाय धाउनुपर्ने वर्तमान अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको ।
– यो केन्द्रबाट उद्योग सञ्चालन गर्न चाहने लगानीकर्ताले आवश्यक परामर्शदेखि दर्ता प्रक्रिया जग्गा प्राप्ति, मुद्रा तथा विनिमय, अध्यागमन लगायतका २४ विभिन्न सेवा एकै स्थानबाट पाउने ।
– २०४९ सालमा ल्याइएको औद्योगिक नीतिमा पहिलोपटक एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउने जनाइएको ।

२६. बेलायतको ग्रीनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?
 ० डिग्री ।
(बेलायतस्थित ग्रीनविच (० डिग्री देशान्तर रेखा) लाई आधार मानी अन्तर्राष्ट्रिय समयको निर्धारण गरिएको छ । ग्रीनविच मिनटाइमभन्दा नेपालको समय पाँच घण्टा ४५ मिनेट चलाख रहेको छ ।)

२७. कुन महासागरलाई ‘तेलको महासागर’ पनि भनिन्छ ?
 हिन्दमहासागर ।

२८. आईयुसीएनले लोप र दुर्लभ हुन लागेका जीवहरूलाई कति भागमा विभाजन गरेको छ ?
 पाँच (विलोप, सङ्कटापन्न, अति संवेदनशील, दुर्लभ र सम्भस्त)

२९. ग्रीष्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँद ऋतुमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ?
 मनसुनी वायु ।

३०. प्रथम विश्वयुद्धमा बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
 कुलवीर थापा ।

प्रस्तुतकर्ता : टङ्क केसी

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?