logo
२०८१ बैशाख १५ शनिवार



प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच वार्ता

मुख्य समाचार |


प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच वार्ता


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदसँग टेलिफोन वार्ता गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर पैmलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका बारेमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी जानकारी लिनुभएको हो ।
“ठूलो सङ्ख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग संवाद गर्ने क्रममा मेरो ओमान सरकारका हिज हाइनेससँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ” कुराकानीपश्चात् सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले ओमानमा कार्यरत नेपालीले इमानदार र परिश्रमीका रूपमा ओमानको विश्वास जितेको जानकारी पाउँदा आफूलाई खुसी लागेको छ भन्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार ओमानमा २५ हजार नेपाली कार्यरत छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?