logo
२०८१ जेष्ठ २ बुधवार



तेस्रो चरण पार गरेका खोप उत्पादक सबैसँग पत्राचार, केहीले प्रतिक्रिया जनाए

स्वास्थ्य |


तेस्रो चरण पार गरेका खोप उत्पादक सबैसँग पत्राचार, केहीले प्रतिक्रिया जनाए


केशवराज पौडेल
काठमाडौं, पुस १५ गते । नेपाल सरकारले कोरोनाको खोप उत्पादनमा तेस्रो चरण पार गरेका सबै कम्पनीहरुलाई खोप उपलब्ध गराउन पत्रचार गरेको जनाएको छ । खोप महाशाखाका प्रमुख डा.झmलकप्रसाद शर्माले तेस्रो चरण पार गरेका सबै कम्पनीहरुलाई पत्राचार गरेको र केही कम्पनीहरुले त्यसको प्रतिक्रिया जनाएको उहाँले बताउनुभयो ।
‘कम्पनीहरुसँग पत्राचार भएको छ ,कोभ्याक्सले अनुमती दिएसँगै खोप ल्याउने बिषयमा कुराकानी भैरहेको छ’ शर्माले भन्नुभयो । उहाँले २ देखि ८ डिग्री सेल्सियससम्ममा भण्डारण गर्न मिल्ने खोपलाई पहिलो प्राथमिकतामा राखेर कुटनीतिक पहल गरिरहेको बताउनुभयो ।
‘हामीले कम्पनीलाई पत्र पठाउनुका साथै सम्बन्धित देशहरुसँग कुटनीतिक पहलको काम गरिरहेका छौ’ उहाँले थप्नुभयो,‘कम्पनीहरुसँग गर्नुपर्ने आवश्यक विश्वसनीयता कायम गरिरहेका छौ, नेपालको कोल्डचेनले धान्न सक्ने खोप आएसँगै नेपालले समयमै पाउने वातावरण बनाउँदैछौ ।’
उहाँले कुन देशको कुन कम्पनीसँग खोप ल्याउन लागेको भन्ने बारे थप प्रतिक्रिया दिनु भएन । खोप उत्पादन गरेको कम्पनीसँग कुरा भैरहेको छ छिटोभन्दा छिटो नेपालमा खोप ल्याउने तयारीमा रहेको उहाँले स्पष्ट पार्दै भन्नुभयो,‘हामीले विश्वका सबै देशमा बनिरहेका खोप कम्पनीलाई पत्राचार गरेका छौ, जुन नेपाललाई अनुकुल हुन्छ सोही खोप छिटोभन्दा छिटो ल्याउन पहल गरिरहेका छौ ।’
नेपालमा २ देखि ८ प्रतिशत सेल्यिसयमा भण्डारण गर्न मिल्ने खोप आएमा तीन प्रतिशत जनतालाई पहिलो चरणमै खोप लगाउन सकिने उहाँले भन्नुभयो । अहिले सबै प्रदेशका कोल्ड चेन, खोपको विस्तार लगायतको काममा क्रियाशील भएर लागेका छौ, उहाँले भन्नुभयो । खोपको सबै खर्च व्यवस्थापनमा ४८ अर्ब लाग्ने भएकाले त्यो बारेमा सरकारले तयारी गरिरहेको उहाँले भन्नुभयो । कोल्ड चेन लगायतका काम सातवटा नै प्रदेशमा भैरहेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?