logo
२०८१ बैशाख १४ शुक्रवार



एक महिनामा सङ्क्रमित संख्या दोब्बर, सङ्क्रमित दुई लाख नाघ्यो

स्वास्थ्य |


एक महिनामा सङ्क्रमित संख्या दोब्बर, सङ्क्रमित दुई लाख नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २६ गते । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या दुई लाख नाघेको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ५६९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ । पछिल्लो एक महिनामा सङ्क्रमितको संख्या दोब्बर भएको छ । यसअघि असोज २३ गते नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ६६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ६२ हजार २४३ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशैभरि ३८ हजार ९१२ जना सङ्क्रमित आइसोलेशनमा छन् । मन्त्रालयले हालसम्म पन्ध्र लाख ७४ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।
मन्त्रालयले आफ्नो प्रेस ब्रिफिङ्गको क्रममा चौबीस घण्टामा देशभरि दुई हजार ५६९ जना सङ्क्रमित थपिएको जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले हाल नेपालमा ३८ हजार ९१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो ।
पछिल्लो चौबीस घण्टामा २६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?