logo
२०८१ बैशाख १४ शुक्रवार



होमियोपेथिक उपचार पद्धति उपयोगी

स्वास्थ्य |


होमियोपेथिक उपचार पद्धति उपयोगी


सरोज आचार्य

काठमाडौँ, जेठ २७ गते । कोरोना भाइरसजस्ता सरुवा रोग र महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति पनि प्रभावकारी रहन सक्ने चिकित्सकहरूले सुुझाएका छन् ।
नेपाल सरकार पशुपति होमियोपेथिक चिकित्सालयका निमित्त प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार होमियोपेथिकको आफ्नै उपचार पद्धति छ र त्यसले सरुवा रोगमा पनि काम गर्छ । कोरोना भाइरसले आक्रमण गरेपछिको लक्षणलाई लिएर खाइनुपर्ने औषधि होमियोपेथिकमा रहेको उहाँको दाबी छ । डा. श्रीवास्तवका अनुसार अहिले रोग प्रतिरोधात्मक औषधि बाँडिएको छ । बिरामीको लक्षण अनुसार होमियोपेथिकमा आठ–दस खालका औषधि प्रयोगमा
आइरहेको र चिकित्सालयमा आउनेले लाभ लिइरहेको उहाँ बताउनुहुन्छ ।
होमियोपेथिक चिकित्सक डा. शुद्धएस रौनियारले रोगले आक्रमण गरेका व्यक्तिमा फरक फरक लक्षण हुने हुँदा यो पद्धतिमा व्यक्ति अनुसार औषधि प्रयोग गरिन्छ । ‘आर्सेनिकम एल्बम’ नामक औषधि भने उपचारमा साझा रूपमा प्रयोग भए पनि बिरामीको प्रकृति अनुसार पाँच÷छ थरीका औषधि यो पद्धतिमा रहेको डा. रौनियार बताउनुहुन्छ ।
चिकित्सालयका पूर्व प्रमुख कन्सल्टेन्ट डा. सविर खाँले बिरामीसँग आर्सेनिक मेल खायो भने यो पद्धतिमा उपचार सम्भव भएको बताउनुभयो । ’
अहिले सर्वत्र वितरण भइरहेको औषधि रोग प्रतिरोधी क्षमता बढाउने औषधि भएको बताउँदै उहाँले आर्सेनिक आल्वम ३० पावर नामक औषधि अहिले प्रभावकारी पाइएको बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?