logo
२०८१ बैशाख २१ शुक्रवार



कोशी अस्पतालबाट दुई सङ्क्रमित निको भई डिस्चार्ज

स्वास्थ्य |
प्रदेश |


कोशी अस्पतालबाट दुई सङ्क्रमित निको भई डिस्चार्ज


नवराज कट्टेल
विराटनगर, वैशाख २८ गते । कोरोना सङ्क्रमण भई विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारत दुईजना सङ्क्रमणमुक्त हुनुभएको छ ।
अस्पतालमा गत वैशाख १३ गते भर्ना हुनुभएका भोजपुर हतुवागडी गाउँपालिका–६ का उपेन्द्र चाम्लिङ र १४ गते भर्ना हुनुभएका झापा बाह्रदशीको ४० वर्षीय मुजाइर आलाम आइतबार डिस्चार्ज हुनु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख एवं अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर खड्काका अनुसार चिकित्सकको सिफारिसका आधारमा दुवै जनालाई डिस्चार्ज गरेर होम क्वारेन्टाइनमा बस्ने गरी पठाइको छ ।
योसँगै कोभिड–१९ उपचार केन्द्रबाट १६ जना संक्रमितले स्वास्थ्यलाभ गरेर घर फर्कनु भएको छ । अस्पतालमा शनिबार र आइतबार भर्ना गरिएका चार जनासहित पुराना सङ्क्रमित १४ गरी १९ जनाको उपचार भईरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?