logo
२०८१ बैशाख २० बिहीवार



धनगढीबाट एक महिला डिस्चार्ज, निको हुनेको संख्या दश

स्वास्थ्य |


धनगढीबाट एक महिला डिस्चार्ज, निको हुनेको संख्या दश


प्रकाशविक्रम शाह 
धनगढी, बैशाख ११ गते । धनगढीमा कोरोना संक्रमणकाे उपचार गराइ रहनुभएकी ६५ वर्षिया पाना विक आज निको भएर घर फर्कनु भएको छ ।
बीरगञ्जमा चिया व्यापार गर्ने उहाँ लकडाउन सुरु भए पछि धनगढी पुग्नु भई क्वारेन्टाइनमा रहनु भएको र सो क्रममा उहाँको स्वास्थ्य परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पाइएको थियो ।
यसबीच आजै काठमाडांैको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक ८१ महिला र उहाँको ५८ वर्षिया छोरा पनि आजै निको भई पाटन अस्पतालबाट डिस्चार्ज हुनु भएको थियो । यौ सँगै नेपालमा कोरोना संक्रमणको उपचार पछि निको हुनेको संख्या १० पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?