logo
२०८१ बैशाख २४ सोमवार



बाँकेमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु

फिचर |
पढ्नै पर्ने |


बाँकेमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु
फाइल तस्बिर


सिराज खान
नेपालगञ्ज, पुस १५ गते । बाँकेमा उपचारका क्रममा गत २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको हो । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।

बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका-२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।

यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका-९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा बाँकेमै मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ७७ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?