logo
२०८१ बैशाख २३ आईतवार



गण्डकीमा थपिए १६ सङ्क्रमित , एकको मृत्यु, कुल सङ्क्रमित १०७९ पुग्यो

फिचर |
प्रदेश |


गण्डकीमा थपिए १६ सङ्क्रमित , एकको मृत्यु, कुल सङ्क्रमित १०७९ पुग्यो


तारा चापागाईं दुवे
पोखरा, असार २० गते । गण्डकी प्रदेशमा कोरोना शनिबार १६ जना सङ्क्रमितको थपिए सगै सङ्ख्या एक हजार ७९ पुगेको छ । शनिबार बिहान छ जिल्लामा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा शनिबार बिहान १६ जना सङ्क्रमित थपिएका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका दुई पुरुषमा बागलुङको बरेङ र ढोरपाटनका एक र एक पुरुष, म्याग्दीको मङ्गलाका एक र रघुगङ्गाका दुई जना गरी तीन जना पुरुष, स्याङ्जाको पुतलीबजारका एक पुरुष, तनहुँको भीमादका १ पुरुष, नवलपुरको देवचुली पाँच पुरुष र दुई महिलामा पुष्टि भएका छ । सबैलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइहेको छ ।
यसअघि पालुङ्टार नगरपालिका-७, का ४४ वर्षका एक जना कोरोना सङ्क्रमित पुरुषको गोरखा अस्पतालमा मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?