logo
२०८१ बैशाख २० बिहीवार



कर्णालीमा थप २६ जनामा कोरोना सङ्क्रमण

फिचर |


कर्णालीमा थप २६ जनामा कोरोना सङ्क्रमण


मुना हमाल

सुर्खेत, असार ८ गते । कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्ट भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २८२ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमबार सुर्खेत, दैलेख, सल्यान र हुम्लाका २६ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८, सल्यानका चार, दैलेखका तीन र हुम्लाका एक जनामा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ ।

यस्तै, सोमबार कोरोना सङ्क्रमणबाट निको भइ २० जना घर फर्किएका छन । चौरजहारी अस्पताल रुकमपश्चिममा उपचार गराइरहेका नौ जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट छ जना, मेहेलकुना अस्पताल सुर्खेतबाट पाँच जनालाई डिस्चार्ज गरिएको महाशाखाले जानकारी दिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ५५१ पुगेको छ । अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?