logo
२०८१ बैशाख १५ शनिवार



कोरोना परीक्षणका लागि उदयपुरका थप ९१ को स्वाब सङ्कलन

फिचर |
खुला |


कोरोना परीक्षणका लागि उदयपुरका थप ९१ को स्वाब सङ्कलन



भक्तिविलास पाेखरेल
गाईघाट, वैशाख १५ गते । कोरोना भाइरस प्रभाबित क्षेत्र आसपासमा सोमबार थप ९१ जना को स्वाबको नमूना सङ्कलन गरिएको छ । दुई बच्चा, १५ महिला सहित ९१ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि सोमबारै प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले बताउनुभयो ।

कोरोना संक्रमणको ईपिसेन्टर भुल्के बनेपछि यहाँका स्थानीयबासी त्रसित भएका छन् । सरकारले स्वाब परीक्षण गर्ने किटस भाईरल ट्रास्नपोर्ट मिडिया (भिटिएम) आवश्यकता भन्दा कम पठाउने गरेकाले माग अनुसार स्थानीयबासीको स्वाव सङ्कलन गर्न नसकिएको जनस्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जिदमा गएको एकसाता भित्रमा त्यहाका २८ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएपछि उदयपुरको भुल्के कोरोना संक्रमणको प्रमुख क्षेत्र बनेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले संक्रमित भारतीय नागरिक र भुल्केबासीको ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा थप स्थानीयको स्वाब लिइएको जानकारी दिनुभयो । कन्ट्र्याक्ट टे«सिङमा मस्जिद–मस्जिद र मस्जिद–बस्ती आउजाउ भएको भनिएका गाईघाटको डिएमगेट, बगाहा, जलजले, देउरीका मस्जिद र आसपासका मुस्लिम समुदाय केन्द्रित बस्ती बासीको स्वाब संकलन गरिएको प्रहरी उपरीक्षक बुढामगरले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले संभावित संक्रमण अनुमान गरिएका डिएमगेट, बगाहा, देउरी, जलजले र गाईघाटका मुस्लिम तथा उनीहरुसँग सम्र्पकमा रहेका स्थानीयबासीलाई जिल्ला अस्पतालमा बोलाएर स्वाब संकलन गरिएको बताउनुभयो ।
उहाँका अनुसार त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेट मस्जिद क्षेत्रका १८ जना, त्रियुगा नगरपालिका वडा नं ३ नं. मोतिगडाका १२ जना, त्रियुगा नगरपालिका वडा नं ६ जलजलेका १५ जना रहेकाछन ।

त्यस्तै त्रियुगा नगरपालिका वडा नं ५ देउरीका १०, सदरमुकामस्थित त्रियुगा नगरपालिका वडा नं ११ नं. गाईघाटका सात, सप्तरी घर भई देउरी बस्दै आएका एक सहित सुरक्षाकर्मी पाँच र जिल्ला अस्पतालका १८ को स्वाब पनि सङकलन गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईले दुईदिन पहिले प्रभावित क्षेत्र भुल्केको स्थलगत निरीक्षण गर्न आउँदा उदयपुरलाई ९५ थान भाइरस ट्रान्सपोर्ट मिडिया (भिटिएम) लगायतका आवश्यक स्वास्थ्य सामग्री ल्याइदिनु भएको र त्यही सामग्रीको उपलब्धतापछि थप स्थानीयको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले बताउनुभयो ।

सोमबार संकलन गरिएको ९१ जना बाहेक जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लामा एकसय ५० महिला र तीनसय ८० पुरुषको पिसिआर विधिबाट परीक्षण गरि सकिएको छ । जसमा एकसय ४८ महिला र तीनसय ३७ पुरुष गरि चारसय ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?