logo
२०८१ बैशाख १६ आईतवार



कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

फिचर |


कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी



प्रकाशविक्रम शाह /अविनाश चौधरी
धनगढी, चैत १० गते । जिल्ला प्रशासन कार्यालय कैलालीले नोभेल कोरोना ९कोभिड–१९० को संक्रमण फैलिन नदिन सोमबार दिउँसो २।०० बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सोमबार एक सूचना जारी गरेर अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक स्थल, बजार, उद्योग, कलकार खाना बन्द गर्न आग्रह गर्दै निशेधाज्ञा जारी गरेको हो । सूचनामा सबै प्रकारका भेला, सभा, सम्मेलन, गोष्ठी, सेमीनार, भीडभाड गर्ने कार्यक्रम नगर्न, नगराउन अनुरोध गरिएको छ ।
सूचनामा आदेश पालना नभएमा कानून वमोजिम कार्वाही हुने पनि उल्लेख छ । कैलाली उद्योग वाणिज्य संघले आव्हान गरेको बन्दका कारण कैलालीका अत्यवाश्यक पसल बाहेकका सबै बजार सोमबार बिहानदेखि नै बन्द थिए । कोरोना फैलिन नदिन संघले बन्द गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार अत्यावश्यक सवारी साधन मात्र चल्न पाउने छन् भने एक्लाएक्लै नागरिकहरुले दाल, चामल किन्न र स्वास्थ्य सेवा लिन जान पाउने छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने आइतबार मध्यरातिदेखि नै कञ्चनपुरमा स्वास्थ्य उपचार बाहेकको काममा घर बाहिर निस्किन नपाउने गरी निशेधाज्ञा जारी गरेको छ । कञ्चनपुरमा अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक स्थल, बजार, कलकार खाना सबै बन्द छन् ।
नेपाल सरकारले सबै नाकाहरु वन्द गरेपछि भारतबाट घर फर्किरहेका नेपालीहरु धनगढीको त्रिनगर नाका र भीमदत्त नगरको गड्डाचौकी नाकामा हजारौं नेपालीहरु सीमानाका खुल्ने प्रतीक्षामा बसिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?