logo
२०८१ जेष्ठ २ बुधवार



शैलुङ र मुक्तिनाथको मल ठेक्का रद्द, धरौटी जफत

अर्थ |
फिचर |


शैलुङ र मुक्तिनाथको मल  ठेक्का रद्द, धरौटी जफत


मुकुन्द गैरे
काठमाडौं, पुस २७ गते । कृषि सामग्री कम्पनी लिमिटेडले धेरै समय पर्खदा पनि रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गर्ने भएको छ । आज बसेको कम्पनीको बैठकले मल ल्याउन नसक्ने उक्त कम्पनीलाई कारवाही गर्न खरिद कार्यालयलाई सिफारिस गरेको हो ।

मल खरिदको सम्झौता तोड्ने, कम्पनीलाई कालो सूचीमा राख्नने र धरौटी जफत गर्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । नेपाली कम्पनीलाई धेरै समय पर्खदा पनि मल ल्याउन नसकेपछि उक्त निर्णय गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?