logo
२०८१ जेष्ठ ६ आईतवार



विद्युतीय ग्रीड आधुनिकीकरणका लागि १८ अर्ब ऋण सम्झौता

अर्थ |


विद्युतीय ग्रीड आधुनिकीकरणका लागि १८ अर्ब ऋण सम्झौता


काठमाडौँ, पुस १५ गते । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक ९एडिबी०सँग रु १८ अर्ब २५ करोड ९अमेरिकी डलर १५६ मिलियन बराबर० को ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका इञ्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गर्नुभएको हो ।
सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत् प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत् ग्रीडको आधुनिकीकरण गरी विद्युत् आपूर्तिलाई दिगो र भरपर्दो बनाउने तथा नेपाल विद्युत् प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिब रु २२ अर्ब ८१ करोड ९अमेरिकी डलर १९५ मिलियन बराबर० रहेकामा रु १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी रु चार अर्ब ५६ करोड ९अमेरिकी डलर ३९ मिलियन बराबर० नेपाल सरकार र प्राधिकरणको स्रोतबाट व्यहोरिने छ ।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत् चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने ऊर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । सो आयोजनाको कार्यान्वयन गर्ने निकाय विद्युत् प्राधिकरण हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?