logo
२०८१ जेष्ठ ४ शुक्रवार



वाणिज्य विभागले ग-यो अत्यावश्यकबाहेक अन्य सेवा बन्द

अर्थ |


वाणिज्य विभागले ग-यो अत्यावश्यकबाहेक अन्य सेवा बन्द



गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २५ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यालयमा सेवाग्राहीको भिडभाड बढेको भन्दै नयाँ प्राईभेट र साझेदारी फर्म दर्तालगायत अत्यावश्क वस्तु आयात गर्नेबाहेक अन्य व्यापारमूलक प्रकृति भएका प्राइभेट लिमिटेडको इजाजतसम्बन्धी कार्यहरू स्थगित गरेको छ ।

विभागले आज एक सूचना जारी गर्दै २०७७ साउन २५ गतेदेखि भदौ ८ गतेसम्मको सेवाहरू स्थगित गरेको बताएको छ । विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन, आयात, नियात अनुमति तथा इजाजत, मुद्दासम्बन्धी कार्यहरू नियमित सुचारु हुने भएका छन् ।

विभागले मिति २०७७ साउन २१ गतेदेखि सेवाग्राहीको भिडभाड नियन्त्रण एवं वाणिज्य व्यवसाय दर्ता तथा नियमनको कार्यलाई व्यवस्थित गर्नको लागि व्यवसाय दर्ता, नवीकरण, संशोधन, खारेजी जस्ता कार्यहरूको लागि अनलाइन प्रणालीमार्फत् निवेदन दिनसक्ने भएता पनि विभागमा सेवाग्राहीको चाप अत्यधिक देखिएको छ ।

सेवाग्राहीको भिडभाडले गर्दा कार्यालयबाट कोरोनाको सङ्क्रमण सर्वसाधारणमा फैलन सक्ने जोखिमलाई मध्यनजर गरेर सेवा बन्द गरिएको विभागको भनाइ छ । स्थानीय प्रशासनले समेत अत्यावश्यक कार्यबाहेक अन्य सेवाहरू स्थगित गर्ने बताइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?