logo
२०८१ बैशाख २३ आईतवार



काभ्रेमा पनि सार्वजनिक बस चल्न थाले

अर्थ |


काभ्रेमा पनि सार्वजनिक बस चल्न थाले
पनौती बसपार्कमा यात्रु कुर्दै यात्रुबाहक बस । तस्बिरः मधुसुधन तिमल्सिना



काभ्रे समाचारदाता
काभ्रे, साउन ६ गते । गत चैत ११ गतेदेखि बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका सार्वजनिक बस चल्न थालेका छन् । बनेपा, पनौती, धुलिखेल, भकुण्डे, पाँचखाललगायत क्षेत्रमा फाट्टफुट्ट बस सञ्चालन हुन थालेका हुन् । ग्रामीण भेगमा भने अझै सार्वजनिक बस सञ्चालन हुन सकेका छैनन् ।

यातायात प्रालिमा दर्ता भएका बसबाहेक अन्य बस सञ्चालनमा आएका छन् । काभ्रे पुण्यवती प्रालिका अध्यक्ष राजेशसुन्दर सैँजुले साउन ८ गतेबाट बस सञ्चालनमा ल्याउने गरी छलफल भइरहेको बताउनुहुन्छ । केही फाट्टफुट्ट बस मर्मतका लागि सञ्चालनमा आएका छन् । 'सबै सञ्चालन भने साउन ८ गतेबाट मात्र हुन्छ', सैँजुले भन्नुभयो ।

काभ्रेपलाञ्चोक जिल्लामा काभ्रे पुण्यवती, काभ्रे बस, हेलम्बु, हिमाल तराई, अरनीको, मयुर, साझालगायत यातायात सञ्चालनमा रहेका छन् ।

सार्वजनिक यातायात सञ्चालन नहुँदा स्थानीयले निजी गाडीमा महङ्गो भाडामा यात्रा गर्न बाध्य थिए । ग्रामीण भेगमा भने खाद्यान्न, दूध, तरकारी बोक्ने ट्रकमा स्थानीयले असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?