logo
२०८१ बैशाख १४ शुक्रवार



अष्ट्रेलियास्थित नेपाली दूतावासद्वारा विवरण संकलन सुरु

विदेश |
फिचर |


अष्ट्रेलियास्थित नेपाली दूतावासद्वारा विवरण संकलन सुरु


मुकुन्द गैरे
काठमाडौं, चैत्र २० गते । अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियामा रहेका नेपालीलाई आफनो विवरण भरिदिन अनुरोध गरेको छ ।दूतावासले विहीवार सूचना जारी गदैं विवरण उपल्वध गराइदिए समस्या परेको बेला सहयोग गर्न सहज हुने बताएको छ ।
अष्ट्रेलिया, न्यूजिल्याण्ड,फिजी तथा प्रशान्त क्षेत्रमा रहेका नेपालीलाई आफनो विवरण भर्न दूतावासले अनुरोध गरेको हो ।
कोरोना भाइरसका कारण यि देशमा रहेका नेपाली विद्यार्थी, अभिभावक, तथा विभिन्न उदेश्यले रोकिएका सवैमा दूतावास सचेत रहेको बताएको छ । समस्या कठिनाइ र असुविधाप्रति दूतावास समस्या समाधानको निम्ति नेपाल तथा अष्ट्रेलिया सम्बन्धित निकाय सँग निरन्तर सम्पर्कमा रहेको दूतावासको भनाई छ ।
यस विषम परिस्थिमा उच्च मनोवलका साथ यथास्थानमा सुरक्षित र संयमित सरकारले निर्देशनको पूर्ण पालना गरि सहयोग गरिदिन दूतावासले अनुरोध गरेको छ ।
साथै कुनै समस्या परे दूतावासको सम्पर्क नम्वरमा फोन गर्न दूतावासको अनुरोध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?