देशका सबै जातजाति र समुदायको खानाको परिकार अध्ययन गर्दै नाथम
रासस
बैशाख १०, २०७८ शुक्रबार
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले पर्यटन उद्योगमा सीपयुक्त दक्ष मानव संसाधन उत्पादन गर्ने अग्रणी संस्थाको परिचय बनाउन सफल भएको छ । प्रतिष्ठानले हालसम्म शैक्षिक कार्यक्रमतर्फ दुई हजार तथा विभिन्न समयावधिका तालिममार्फत ५४ हजार जनशक्तिलाई गुणस्तरीय स्वरोजगारमूलक शैक्षिक कार्यक्रम र तालिम प्रदान गरिसकेको छ ।