logo
२०८० चैत्र १५ बिहीवार



संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी हुन्छ : कमल थापा

राजनीति |


संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी हुन्छ : कमल थापा
फाइल तस्बिर


काठमाडौं, माघ १४ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य हुने बताउनुभएको छ। सामाजिक सञ्जालमा सक्रिय थापाले शुक्रबार ट्वीट गर्दै यस्तो बताउनुभएको हो। थापाले पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने गरी कानुन बनेको भन्दै त्यसलाई कुनै पनि बहानामा उल्लङ्घन गर्न नहुनेमा जोड दिनुभएको छ।

नेता थापाले संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको भन्दै कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन नहुने परिकल्पना गरेको प्रष्ट पार्नुभएको छ।

‘संविधानमा तीन तहको सरकारको व्यवस्था छ। कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिबिहीन हुने परिकल्पना संविधानमा छैन’, थापाले ट्वीटरमा लेख्नुभएको छ, ‘यही मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो। कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुनेछ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?