logo
२०८० चैत्र १५ बिहीवार



प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेट, निर्वाचनबारे छलफल

मुख्य समाचार |


प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेट,  निर्वाचनबारे छलफल


काठमाडाैं, माघ १४ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आगामी निर्वाचनबारे छलफल भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सभाको निर्वाचन एवम् आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो । यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

बिहान ९ बजेबाट तीन नेताबीच छलफल भएकाे थियाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?