logo
२०८० चैत्र १५ बिहीवार



टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खुला |
प्रदेश |


टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


जनार्जन खत्री
सर्लाही, माघ ८ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटको सीमास्थित बागमती पुलमा शुक्रबार राती टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

सर्लाहीको बागमती नगरपालिका– ११, स्थित पुलको बीचभागमा भएको सो दुर्घटनामा हरिवन नगरपालिका– ५, घुर्कौली निवासी ३५ वर्षीय सुनिल बम्जनको मृत्यु भएको हो । रौतहटको चन्द्रनिगाहपुरबाट सर्लाहीतर्फ आउँदैगरेको बा ८४ प ५९०८ नम्बरकाे मोटरसाइकललाई सोही दिशातर्फ आउँदैगरेको ना ७ ख ८३०० नम्बरकाे टिपरले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक बम्जनको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टिपर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृतक बम्जन नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल) को सर्लाही जिल्ला कमिटी सदस्य रहनुभएको बुझिएको छ । वाईसीएल सर्लाही र माओवादी केन्द्र हरिवन नगर कमिटीले शनिबार विज्ञप्ति जारी गर्दै दुर्घटनाको सत्य तथ्य छानबिन गरी पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?