logo
२०८० चैत्र १५ बिहीवार



६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

अन्तर्राष्ट्रिय |


६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा


बेइजिङ, माघ ७ गते । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानुनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ ।

देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाखभन्दा बढी सार्वजनिक सूचना प्राप्त गरी ६३१,००० मामिलामा अनुसन्धान सुरु गरेको सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षक आयोगले शुक्रबार जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?