logo
२०८० चैत्र १५ बिहीवार



आर्मी र गण्डकी सेमिफाइनलमा

खेलकुद |


आर्मी र गण्डकी सेमिफाइनलमा


काठमाडौँ, माघ ६ गते । नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगन्जको आदर्शनगर खेल मैदानमा बिहीबार भएको खेलमा साविक विजेता आर्मीले प्रदेश १ लाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।

आर्मीको जितमा कमला चन्दले चार, निलिमा पाण्डेले दुई र सीतामाया बलले एक गोल गर्नुभयो । आर्मीकी अन्जना चन्द ‘वुमन अफ दि म्याच’ घोषित हुनुभयो । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोस्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो । गण्डकीको जितमा कमलादेवी घर्ती पुन र नानु गुरुङले गोल गर्नुभयो । गण्डकीकी सविना पुन राना ‘वुमन अफ दि म्याच’ हुनुभयो ।

विजेताद्वयको भेट सेमिफाइनलमा हुनेछ । अर्को सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने हक्की प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो । दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?