logo
२०८० चैत्र १६ शुक्रवार



अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती

खेलकुद |


अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती


काठमाडौँ, माघअ ६ गते । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नती हुनुभएको छ । वल्र्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पदोन्नती बारेको प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ ।

तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नती हुन करिव तीन वर्ष लागेको अशोकले जानकारी दिनुभयो । तेक्वान्दोको ¥याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लिनुभएको हो ।

अशोकले सन् २०१९ मा मात्र पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । सन् २०२० मा मेक्सिको ओपन र २०२१ मा भएको पाकिस्तान ओपनमा निर्णायकको भूमिका निभाएका अशोकले २०२० मा ग्योरोगी अनलाइन रिफ्रेसर कोर्षमा सहभागिता जनाउनु भएको थियो । अशोक पारातेक्वान्दो र पुम्सेका पनि अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?