logo
२०८० चैत्र १६ शुक्रवार



सोनी एक्सिट्रमको ब्रान्ड एम्बेसडर

खेलकुद |


सोनी एक्सिट्रमको ब्रान्ड एम्बेसडर


काठमाडौ, मङ्सिर २२ गते । हिमालयन एक्स्ट्रिमको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलन’ मा १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सोनी गुरुङ ब्रान्ड एम्बेसडर चुनिनुभएको छ ।

प्रतियोगिता सन् २०२२ मे ७ तारिक पोखरामा हुँदैछ । प्रतियोगिताको एस्ट्रिम पक्ष भनेको फेवातालमा ३.५ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड हुनेछ । स्वर्णधारी खेलाडी सोनी गुरुङ ‘आइकन’ खेलाडी भएकाले उहाँलाई ब्राण्ड एम्बेसडर बनाएको आयोजक हिमालयन एक्स्टिमका रेस डाइरेक्टर रिक्की योञ्जनले बताउनुभयो ।

२७ वर्षीया सोनी विगत सात वर्षदेखि ट्रायथलन खेलमा आवद्ध हुनुहुन्छ । सोनीले नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलन’ मा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

सोनीले भन्नुभयो, ‘विश्वका चर्चित खेलाडीसँग नेपालमा खेल्न पाउनु मेरो लागि मात्र होइन । देशकै लागि गौरवको कुरा हो । पाँच महिनादेखि तयारी गरेकोले राम्रो प्रदर्शन गर्नेछु ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?