logo
२०८० चैत्र १६ शुक्रवार

  बन्यजन्तुबाट किन असुरक्षित बन्दै धावनमार्ग ?  



विमानस्थलक नजिक वन र बस्ती बढ्नु, सुरक्षा हेलचक्रयाँइ प्रमुख कारण

पढ्नै पर्ने |
खुला |


विमानस्थलक नजिक वन र बस्ती बढ्नु, सुरक्षा हेलचक्रयाँइ प्रमुख कारण
फाइल तस्बिर


काठमाडौैं, मङ्सिर ११ गते । जहाज अवतरण र उडानका क्रममा विमानस्थलको धावनमार्ग असुरक्षित हुँदा हवाइ दुर्घटना बड्दै गएको छ । हाल नेपालगञ्ज विमानस्थलको धावनमार्गमा दुई वटा दुर्घटना भएका छन् ।
नेपालगञ्जमा अवतरण गर्ने क्रममा बुधबार बुद्ध एयरको एटिआर ७२ ९एन एजेएक्स) जहाजमा स्याल ठोक्किदाँ दुर्घटना भएको थियो । यसै महिना नेपालगञ्ज विमानस्थलबाट उड्ने क्रममा कात्तिक १६ गते सीता एयरको जहाजमा तीन वटा बँदेल ठोक्किएका थिए तर मानवीय क्षति भने भएन । हवाइ क्षेत्रमा भएको यी दुई घटना उदाहारण मात्र बनेका छन् । नेपालमा सञ्चालित ३५ वटै विमानस्थलको धावनमार्ग असुरक्षित हुने गरेको वायुसेवा कम्पनीहरुको आरोप छ । घरपालुवा जनवार कुकुर, गाई, भैसी, भेडा, बाख्रा र जंगली जनवार बदेल, स्याल, चरा लगायत विमानस्थल भित्र पसेर धावनमार्गतर्फ हिड्दाँ हवाइ दुर्घटना हुने गरेको छ । विमानस्थलको कम्जोरी र हेलचक्रायाँइका कारण मानवीय क्षति नभएपनि वायुसेवा कम्पनीलाई लाखौ रुपियाँ नोक्सान हुने गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताउनुभयो ।

सुरक्षाकर्मी र नागरिक उडड्यन प्राधिकरणका कर्मचारीले विमानस्थल र धावनमार्गमा २४ घण्टा सुरक्षा दिने गरेको जनाएपनि दुर्घटना भने कम हुन सकेको छैन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत चरा, कुकुर र स्याल प्रवेश गरेर पटक पटक दुर्घटनाको जोखिम बडाउदै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि नेपाली सेनासँगै सम्झौता गरी छ जना जवानलाई २४ सै घण्टा खटाएर सुरक्षा दिदै आएको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले बताउनुभयो ।

नेपालगञ्ज विमानस्थलमा बढी दुर्घटना
सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये सबैभन्दा धेरै नेपालगञ्ज विमानस्थलमा बढी दुर्घटना हुने गरेको पाइएको छ । विमानस्थल क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरी र दुई÷दुई घण्टाका दरले विमानस्थलका कर्मचारीले गस्ती गर्ने गरेको विमानस्थलका प्रमुख सुवास झाले बताउनुभयो ।

विमानस्थल क्षेत्रमा नजिकै सामुदायिक वन र मानवबस्ती भएका कारण जंगली जनवार बढी आउने, स्थानीयबासीले घाँस दाउरा गर्न जाँदा विमानस्थलले लगाएको तारजाली काट्ने गरेकाले जंगली जनवार धावनमार्गमा प्रवेश गर्ने गरेको प्रमुख झाले जानकारी दिनुभयो । तार जाली बार लगाउन बजेट अभावले समेत विमानस्थल झन् असुरक्षित हुने गरेको विमानस्थलले जनाएको छ ।

विमानस्थलको पर्खालबाट चार किलोमिटरसम्मको क्षेत्रलाई विमानस्थल क्षेत्रनै मान्ने कानुनी व्यवस्था छ । यी क्षेत्रभित्र विमानस्थलले चाहेमा आफ्नो सुरक्षाका लागि आवस्यक कदम चलाउन सक्ने व्यवस्था भएको प्राधिकरणका प्रवक्ता कर्णले जानकारी दिनुभयो । आवस्यक सुरक्षा र सावधानीका उपायलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विमानस्थलहरुले हेलचेक्राइ गर्दा वायुसेवा कम्पनीले नोक्सानी बेहोर्नुपरेको भन्दै आरोप छ । सामान्य घटनामा जहाजमा क्षति पुग्दा र जहाज धन्किएर उडान गर्न नपाउदाँ लाखौ रुपियाँ नोक्सानी हुने गरेको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?