logo
२०८० चैत्र १६ शुक्रवार



आइएसको आक्रमणमा दशको मृत्यु

अन्तर्राष्ट्रिय |


आइएसको आक्रमणमा दशको मृत्यु


बग्दाद, कात्तिक १० गते । इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार सो आक्रमणमा परी अरु १२ जना घाइते भएका छन् ।

दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिसात्मक क्रियाकलाप अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो ।

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीव्र पारेको बताएको छ । त्यसक्रममा गत हप्तामात्र सो दियाला प्रान्तमा यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो ।

इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधि बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?