logo
२०८० चैत्र १६ शुक्रवार



बस दुर्घटना अपडेट, घाइते भएका दुईको मृत्यु  

खुला |


बस दुर्घटना अपडेट, घाइते भएका दुईको मृत्यु  


  
पाँचथर, कात्तिक ८ गते । फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।    
    
उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् ।    
    
घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।    
    
फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को. १ ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो । अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?