logo
२०८१ बैशाख ७ शुक्रवार



सेनाको बसमा बम विस्फोट तेह्रको मृत्यु

अन्तर्राष्ट्रिय |


सेनाको बसमा बम विस्फोट तेह्रको मृत्यु
सांकेतिक तस्बिर


दमास्कस, कात्तिक ३ गते । सिरियाको राजाधानी दमास्कसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सबभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ । राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतङ्ककारीहरुले सैनिक बसलाई लक्ष्य गरी गराएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाएको छ ।

दमास्कसमा हालैका वर्षहमा केही हदसम्म हिंसा कम भएको थियो । इस्लामिक स्टेट्स (आइएस) जिहादी समूहले २०१७ को मार्चमा जस्टिस प्यालेसलक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो । यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर विगतमा यस्ता हमलाहरुको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए ।

दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजनाहरु शुरू गर्नको लागि स्थिरताको ग्यारेन्टी गरेको सरकारलाई पछिल्लो बम विस्फोटले चुनौती दिएको छ । राष्ट्रपति बशर अल असदको सरकारले आफूलाई अन्तर्राष्ट्रिय स्तरबाट अलग भएको यस अवस्थालाई बाहिर निकाल्ने कोशिस गरिरहनुभएको छ र हालैका महिनाहरुमा यसमा प्रवेश पाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?