logo
२०८० चैत्र १६ शुक्रवार



कात्तिक ९ गते बस्ने तय भएकाे प्रतिनिधिसभाको बैठक दुई दिनपछि सर्यो

राष्ट्रिय |


कात्तिक ९ गते बस्ने तय भएकाे प्रतिनिधिसभाको बैठक दुई दिनपछि सर्यो


काठमाडौं, कात्तिक २ गते । प्रतिनिधिसभा बैठक कात्तिक ११ गते बस्ने भएको छ । यही कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दुई दिन पर सारिएको हो । सङ्घीय संसदका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै कात्तिक ११ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि बैठक सारिएको हो ।
मङ्गलबार दिउँसो सङ्घीय संसदले एक सूचना जारी गर्दै कात्तिक ९ गते दिउँसो १ बजे बस्ने निर्धारण भएको प्रतिनिधिसभाको बैठक सो दिन बस्न नसक्ने जनाएको छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम कात्तिक ११ गते बिहीबार दिउँसो २ बजे बैठक बस्ने थरी बैठक निर्धारण गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?