logo
२०८० चैत्र १५ बिहीवार



पछिल्लो समय उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्दै

पढ्नै पर्ने |
राष्ट्रिय |
खुला |


पछिल्लो समय उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्दै
फाइल फाेटाे


काठमाडौं, असोज १९ गते । पछिल्लो समय उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । काठमाडौं महानगरपालिको वडागत प्रारम्भिक विवरण अनुसार आइतबारसम्म महानगरभित्र १७ सय तीन सक्रिय कोरोना सङक्रमित छन् ।

काठमाडौं महानगरपालिकाले असोज १७ गते सार्वजनिक गरेको प्रारम्भिक विवरणमा काठमाडौं महानगरका ३२ वटा वडामा हालसम्म १७ सय तीन जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये होम आइसोलेनमा १६ सय ३३, अस्पतालमा ४० र संस्थागत आइसोलेनमा ३० जना छन् । हालसम्म काठमाडौं जिल्लामा ५४० जनाले कोरोनानै कारण ज्यान गुमाइसकेका छन् । साथै ७९ हजार ८०१ जना निको भएर घर फर्किसकेको काठमाडौं महानगरले जनाएको छ ।

काठमाडौं महानगरको वडा नम्बर १ मा १० जना सक्रिय सङ्क्रमित छन् । उनीहरु होम आइसोलेसनमा उपचाररत छन् । वडा नम्बर २ मा ४० जना सक्रिय सङ्क्रमित छन् । उनीहरु सबै जना होम आइसोलेसनमा छन् । वडा नम्बर ३ मा ५५ जना सक्रिय सङ्क्रमितमध्ये ५३ जना होम आइसोलेसनमा र दुई जना अस्पतारमा उपचाररत छन् । वडा नम्बर ४ मा १०३ जना सक्रिय सङ्क्रमितमध्ये ९३ जना होमआइसोलेसनमा, आठ जना अस्पतालमा र दुई जना संस्थागत आइसोलेसनमा छन् ।

वडा नम्बर ५ मा २८ जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु सबैजना होमआइसोलेसनमा रहेका छन् ।
वडा नम्बर ६ मा २०३ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबैजना होम आइसोलेसनमा छन् । वडा नम्बर ७ मा ४१ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ४० जना होम आइसोलेसनमा र एक जना अस्पतालमा उपचाररत छन् ।

यस्तै वडा नम्बर ८ मा छ जना सक्रिय सङ्क्रमित छन् । उनीहरु सबैजना होम आइसोलेसनमा छन् । वडा नम्बर ९ मा ३३५ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबैजना होम आइसोलेसनमा छन् । वडा नम्बर १० मा ११२ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये १०२ जना होम आइसोलेसनमा र १० जना अस्पतालमा उपचाररत छन् ।

उता, वडा नम्बर ११ मा १३७ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबैजना होम आइसोलेसनमा छन् । वडा नम्बर १२ मा छ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबैजना होम आइसोलेसनमा छन् । वडा नम्बर १३ मा ३१ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबैजना होम आइसोलेसनमा रहेको काठमाडौं महानगरपालिकाको प्रारम्भिक विवरणमा उल्लेख छ ।
वडा नम्बर १४ मा २५ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये २४ जना होम आइसोलेसनमा र एक जना अस्पतालमा उपचाररत छन् ।

यसैगरी, वडा नम्बर १५ मा ९५ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ७२ जना होम आइसोलेसनमा, दुई जना अस्पतालमा र २१ जना संस्थात आइसोलेसनमा उपचाररत छन् । वडा नम्बर १६ मा ८८ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ८५ जना होम आइसोलेसनमा, दुई जना अस्पतालमा र एक जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

यस्तै वडा नम्बर १७ मा ३१ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबैजना होम आइसोलेसनमा छन् । वडा नम्बर १८ मा एक जना सक्रिय सङ्क्रमित छन् । उहाँको अस्पतालमा उपचार भइरहेको छ । वडा नम्बर १९ र २० मा सक्रिय सङ्क्रमिको सङ्ख्या शून्य छ ।
वडा नम्बर २१ मा तीन जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबैजना होम आयसोलेसनमा छन् । वडा नम्बर २२ मा एक जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित एकजना होम आइसोलेसनमा छन् ।

अन्य वडाहरूमा सङ्क्रमित रहे पनि वडा नम्बर २३ मा सक्रिय सङ्क्रमित नभएकाे महानगरले जनाएको छ भने वडा नम्बर २४ मा मात्एर क जना सक्रिय सङ्क्रमित छ। उहाँको होम आइसोलेसनमा हुनुहुन्छ । वडा नम्बर २५ मा छ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित सबैजना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै, वडा नम्बर २६ मा ४४ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ३३ जना होम आइसोलेसनमा, आठ जना अस्पतालमा र तीन जना संस्थागत आइसोलेसनमा छन् । वडा नम्बर २७ मा एक जनामात्र सक्रिय सङ्क्रमित छन् । उहाँको होम आइसोलेसनमा उपचार भइरहेको महानगरले जनाएको छ ।
वडा नम्बर २८ मा तीन जना सक्रिय सङ्क्रमित छन् । तीनै जना होम आइसोलेसनमा छन् ।
त्यस्तै वडा नम्बर २९ मा ६० जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ५८ जना होम आइसोलेसनमा र दुई जना अस्पतालमा छन् ।

महानगरका अनुसार वडा नम्बर ३० मा ११ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये सात जना होम आइसोलेसनमा, दुई जना अस्पतालमा र दुई जना संस्थागत आइसोलेसनमा छन् । वडा नम्बर ३१ मा ८७ जना सक्रिय सङ्क्रमित छन् । सबै जना होम आइसोलेसनमा छन् । वडा नम्बर ३२ मा १३९ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये १३७ जना होम आइसोलेसनमा, एक जना अस्पतालमा र एक जना संस्थागत आइसोलेसनमा रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार देशभर १६ हजार ६०६ सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका सक्रिय सङ्क्रमितमध्ये ३५१ सघन उपचार कक्षमा, ११८ जना भेन्टिलेटमा, १५ हजार ५३४ जना होम आइसोलेशनमा, ११ सय ५२ जना संस्थागत आयसोलेशनमा र २४१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै, सोमबार ८१२ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । साथै दश जनाले ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?