logo
२०८० चैत्र १५ बिहीवार

  हिजाे समस्या देखिएका दुबै जहाजकाे परीक्षण  



उडान याेग्य पाइएपछि मात्र उडान अनुमति : प्राधिकरण

पर्यटन |


उडान याेग्य पाइएपछि मात्र उडान अनुमति  : प्राधिकरण


काठमाडौं, असोज १२ गते । ल्यान्डिङ गियर (पाङग्रा) नखुलेर सोमबार दुई घण्टा आकाशमा उडेको बुद्ध एयरको (एन एएनआइ) जहाजको प्राविधिक समस्या समाधान भई उड्न सिफारिस गरेको नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको उक्त जहाजमा  पाङग्रा नखुलेर समस्या आएको थियो ।

फ्लाइट सेफ्टी स्टान्डर्ड डिपार्टमेन्टका इन्जिनियर र पाइलटले जहाजमा देखिएको समस्या समाधान भएर उड्नका लागि सिफारिस गरेकाले जहाज बिहानैदेखि उड्न शुरु गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो । बुद्ध एयरको इन्जिनियरले जहाजमा समस्या नभएको भन्दै उड्न अनुमति माग गरेपछि प्राधिकरणले थप जाँच गरी उडान गर्न अनुमति दिएको शेर्पाले बताउनुभयो ।
वरिष्ठ पाइलट एजि शेर्पाले उडाएको जहाजमा समस्या आएपछि विराटनगर अवतरण नगरी काठमाडौं नै फर्किएर दुई घण्टा आकाशमा उडेपछि सकुशल अवतरण गरेको थियो । सोमबार बिहानै बुद्ध एयरको ९ एन एजेओ जहाज काठमाडौंबाट पोखरा जाने क्रममा ककपिटबाट धुवाँ आएपछि पुनः काठमाडौंनै फर्किएर अवतरण भएको थियो । उक्त जहाजले पनि उडान अनुमति पाएको प्राधिकरणले जनाएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?